काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त भएको १ वर्षपछि निर्वाचन हुने भएको छ ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११:५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।
उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।