Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी एकताका विषयमा कृष्णबहादुर महराले छुट्टै प्रतिवेदन पेस गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं एकता वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् ।

महराले पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका विषयमा बैठकमा पेस गर्न लागेका हुन् ।

माओवादी स्थायी समिति बैठक बिहीबारदेखि चलिरहेको छ । माओवादी पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

जसको सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077