Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि २ अर्बमा झर्‍यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम पनि घटेर २ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ । बुधबार सेयर बजारमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यसदिन ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लुम्बिनी जनरल इन्स्योरेन्स,आदर्श लघुवित्त वित्तीय,बराही हाइड्रोपावर पब्लिक र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज १३ उपसूचकहरु ६ बाहेक सबै कम्पनीमा उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077