Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीबारे बिबिसीले बनाएको वृत्तचित्रको दोस्रो भाग पनि प्रसारणमा भारतमा प्रतिबन्ध

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि केन्द्रित बिबिसीले निर्णण गरेको वृत्तचित्र ‘द मोदी क्वोइसन’ को दोस्रो भाग पनि भारतमा प्रदर्शन गर्न रोक लगाइएको छ ।

सूचना तथा प्रविधि कानुनमा आकस्मिक अवस्थामा सरकारलाई प्राप्त विशेषाधिकारको प्रावधान अन्तर्गत भारत सरकारले बिबिसीले बनाएको वृत्त प्रदर्शनमा रोक लगाएको हो ।

भारत सरकारले युट्युब र ट्वीटरलाई वित्त चित्रको लिङ्क हटाउन पत्राचारसमेत गरेको थियो। यो वृत्तचित्र औपनिवेशिक मानसिकताबाट ग्रसित रहेको भारतीय सरकारको भनाइ छ।

वृत्तचित्र मोदी गुजरातको मुख्यमन्त्री रहँदा सन् २००२ मा हिन्दु र मुस्लिमबीच भड्किएको द्वन्द्वमा मोदीको भूमिकाबारे केन्द्रित छ।

त्यस दंगामा कम्तिमा पनि १ हजार जनाको मृत्यु भएको थियो जसमा ७ सय ९० जना मुस्लिम थिए । भारतमा प्रसारणमा रोक लगाइए पनि विभिन्न तरिकाले वृत्तचित्र नागरिक समक्ष पुगेकोमा सत्तारूढ दल भारतीय जनता पार्टी निकै रूष्ट छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077