Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालाजुको गेस्टहाउसभित्र झुन्डिएको अवस्थामा भेटिए सैनिक जवान

काठमाडौं । ललितपुरको लेलेमा तालिमरत एकजना सैनिक जवान गेस्ट हाउसको कोठामा झुन्डिएको अवस्थामा भेटिएका छन्।

ललितपुरको लेलेमा तालिमरत ३० वर्षीय सैनिक जवना बिनायक कार्की बालाजुको रसुवा गंगाजल गेस्ट हाउसको १०२ नम्बर कोठमा झुन्डिएको अवस्थामा मंगलबार भेटिएका हुन्।

उनी तालिम लिइरहेको ब्यारेकबाट दुई दिनको बिदा लिएर हिँडेका थिए। आइतवार उक्त गेस्ट हाउसमा कोठा लिएर बसेका उनलाई मंगलबार मृत अवस्थामा भेटिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले यसबारेमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077