Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद् ज्ञानेन्द्र शाहीको प्रश्न- जुम्ला यो देशमा पर्छ कि पर्दैन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मुख्य सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारी बजेटमा समावेशिता लागू हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाइ ज्ञापन गर्दै शाहीले यस्तो बताएका हुन् ।

सरकारले कर्णालीलाई फरक भूगोल जस्तै गरी व्यवहार गरिरहेको उनले बताए ।

शाहीले भने, ‘देशमा सुरूङमार्गको बहस छ, फास्ट ट्रयाक र हुलाकी राजमार्गको गफ हुन्छ । तर कर्णाली राजमार्ग वर्षौंदेखि मृत्युमार्ग बनिरहेको छ ।

यहाँ स्तरोन्नति र अर्को वैकल्पिक राजमार्ग बनाउने होइन, यो सडकमा एक रुपैयाँ बजेट लगाइएको छैन । हामीले विकासलाई पनि समान दृष्टिकोणले हर्न सक्नुपर्छ । होइन भने जुम्ला यो देशको भूगोल हो कि होइन रु जवाफ दिन सक्नुपर्छ ।’

उनले ०२९ सालमा बनेको सिमिकोट विमानस्थलको स्तरोन्नतिका लागि बजेट अभाव हुँदा पनि सरकारले लगानी गर्न नचाहेको बताए ।

उनले शिक्षा र स्वास्थ्यको सुधारका लागि दलहरूले ठुल्ठूला भाषण गरे पनि व्यवहारमा वर्षौंदेखि सुधार हुन नसक्नुका राजनीतिक दलहरू नै दोषी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077