Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग

    ‘फिक्सर’ को प्रलोभनमा आदिलले फ्याँकेका थिए नोबल : सीआईबी

    ‘फिक्सर’ को प्रलोभनमा आदिलले फ्याँकेका थिए नोबल : सीआईबी

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 561
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलमले नेपाल टी-२० लिगमा म्याच फिक्सरको प्रस्तावअनुसार बलिङ गरेको अनुसन्धानमा खुलेको छ ।

    नेपाल टी–ट्वान्टी लीगमा भएको स्पट फिक्सिङका सम्बन्धमा भएको अनुसन्धानका सम्बन्धमा जानकारी गराउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त तथ्य खुलाएको हो ।



    पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन दिएको बताए ।४ जना व्यवस्थापनमा रहेका व्यक्ति नै फिक्सिङमा संलग्न रहेको उनको भनाइ छ ।



    दुई खेलाडी र चार विचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको थापाले जानकारी दिए । आदिललाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो । उनले त्यसै बमोजिम खेलेको थापाले बताए ।

    जम्मा पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरिएको उनको भनाइ छ । सीआईबीले पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका महबुब आलमले कम्तीमा २ जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको खुलेको जनाएको छ ।

    त्यस्तै आदिललाई एउटा नोबल र एउटा वाइड बल फाल्नका लागि एप्रोच आएको सीआईबीको अनुसन्धानमा खुलेको छ । उनले खेलेका कम्तीमा २ वटा खेलमा सोही प्रकृतिको खेल देखिएको पनि सीआईबीको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार