Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हङकङमा जोखिमपूर्ण अवतरण गर्ने नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरणले उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज अवतरणका क्रममा हङकङ विमानस्थल एटीसीले दिएको निर्देशन अवज्ञा गर्दै जहाज अवतरण गरेको सूचना हङकङ सिभिल एभिएसनबाट आएको कारण उनीहरूलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको हो।

शुक्रबार नै प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि तीनै पाइलटलाई उडानमा प्रतिबन्ध लगाउन भन्दै पत्राचार गरेको छ। प्राधिकरणले जोखिमपूर्ण अवतरण गराएको रिपोर्ट आएको र अब उनीहरूसँग बयान लिएर थप निर्णय गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077