Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरुवा भएर जाँदा बेडबिस्तरा बोक्ने बाध्यता अन्त्य गर्छु : सशस्त्र प्रहरी प्रमुख अर्याल

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सरुवा हुँदा बेड, बिस्तारा बोकेर जानुपर्ने बाध्यता यसै वर्ष अन्त्य गर्ने बताएका छन् ।

सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित समारोहमा बोल्दै आईजीपी अर्यालले यस्तो बताएका हुन् ।

आईजीपी अर्यालले भने,‘सरुवा भएर जाँदा बेड, विस्तारा बोकेर जाने बाध्यात्मक व्यवस्था हटाउने कार्य २०७९ भित्रै सम्पन्न गरिन्छ ।’

उनले आचरणमा आएको विचरणलाई सुधार्न पनि निर्देशन दिए । व्यावसायिकता, इमान्दारिता, बफादारिता र आचरण सुधारलाई मूलमन्त्र बनाएर काम गर्न उनले निर्देशन दिए ।

हिमाली क्षेत्रका सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका कर्मचारीलाई मौसम अनुसारको लत्ताकपडाको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएको आईजीपीले बताए । कमाण्डमा जाने अधिकृतहरुको पूर्वानूमान सूची प्रकाशन गरेर सरुवा गर्ने नीति लागू गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077