Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए । कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ ।

प्रवक्ता महतले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’

आलटाल गरेर पछाडि धकेल्न नहुने कांग्रेसको जोड छ । संसदमा रहेको सबै दलहरूसँग कांग्रेसका राष्ट्रपतिको निर्वाचनको लागि समर्थन माग्ने बताए । नेता शशांक कोइरालाले पनि राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077