Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले वर्तमान राजनीतिक विषय तथा पार्टीको आन्तरिक रणनीति विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

पार्टी सभापति देउवा निवास धुम्बाराहीमा बैठक बोलाइएको उपसभापति धनराज गुरुङले बताए ।

आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।

लगत्तै आज सभापति देउवाले बैठक आह्वान गनुृभएपछि त्यस विषयमा समेत छलफल हुने बताइएको छ । आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077