Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - उपकरणको बढ्दो प्रयोगले स्मरणशक्ति कमजोर हुँदैछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर हुँदै गएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताए । उनले प्रविधिको उपलब्धिले मानिसमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

‘हामी बिस्तारै विस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो । मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो । हिसाब गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौं । परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले,’ उनले भने ।

उनले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077