Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति र सभामुख खोपाको मूर्ति होइन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दल तोक्न सभामुखसँग माग गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै सांसद् सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी नेपाली कांग्रेस विपक्षी दल हुनै नसक्ने बताएका हुन्।

सुवालले भने, ‘प्रमुख विपक्षि दल तोकिएको छैन। प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी विपक्षी दल हुनै सक्दैन। नेमकिपालाई प्रमुख विपक्षी दल तोकियोस्। प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिने अनि विपक्षी दल पनि भन्ने त बल मिच्याइ हो।’

सभामुख जस्तै उपसभामुख पनि पार्टीबाट राजीनामा दिएर तटस्थ भूमिकामा बस्नुपर्ने बताए। राष्ट्रपति र सभामुख खोपाको मूर्ति नभएको सुवालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077