Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेसबुकमै विशाल भण्डारी र मेयर बालेनको जुहारी

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच फेसबुकमा जुहारी चलेको छ ।

शुक्रबार राति मात्रै भण्डारीले भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर बालेनले गैरजेम्मेवारीपूर्ण जवाफ दिएपछि जुहारी चलेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर साहले डोजर आतंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला रक्षक नै भक्षक भएको भन्दै मेयर बालेनविरुद्ध प्रश्न उठाउँदै निर्देशक भण्डारीले केही प्रश्नको जवाफ मागे ।

तर सार्वजनिक रुपमा प्रश्न गरेका भण्डारीलाई मेयर बालेनले व्यक्तिगत लाञ्छना र उनको व्यवसायमाथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

मेयर बालेनको यो जवाफमाथि सामाजिक सञ्जाल फेसबुकमा लामै बहस भएको छ । त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ? तर मेयर बालेनले जवाफमा निर्देशक भण्डारीलाई मादक पदार्थ सेवन गरेर स्टाटस लेखेको आरोप समेत लगाए ।

पहिलो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077