Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टि-२० लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष

काठमाडौं । नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले निष्कर्ष निकालेको छ ।

सिआइबीले यही डिसेम्बर २४ देखि जनवरी ११ तारिखसम्म त्रिवि क्रिकेट मैदानमा भएको टी -२० लिगका क्रममा ‘स्पट फिक्सिङ’का प्रयासहरु भएको निष्कर्ष निकालेको हो ।

अनुसन्धानका क्रममा प्रतियोगितामा सहभागी खेलाडी, पदाधिकारी तथा अन्य व्यक्तिहरुको संलग्नता देखिएको सिआइबी स्रोतले बताएको छ । प्रतियोगितामा स्पट फिक्सिङ भइरहेको कुरा सार्वजनिक भएपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो ।

फिक्सिङमा नेपाल र विदेशी खेलाडीको संलग्नता रहेको आशंका गरिएको छ । तर नाम भने सार्वजनिक गरिएको छैन । यस्तै सिआइबीले सोमबार यसबारे प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।

अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडी समेतको संलग्नता हुनसक्ने बताएको छ। यसबारे सिआइबीले अहिले सार्वजनिक गरेको छैन।

नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।

पटक/पटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ। यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो। फिक्सिङको कुरा उठेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‍का प्रतिनिधि समेत छानविनका लागि नेपाल आएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्‍ले पनि फिक्सिङलाई लिएर छानविन गरेको थियो । लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए।

समूह चरणको खेल भइरहँदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो।

लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका लागि 'अफर' गरिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077