Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्।

ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई शुक्रबार डिस्चार्ज गरिएको हो।

स्वास्थ्य अवस्था कमजोर भएपछि आकस्किम रुपमा रोल्पाबाट काठमाडौं ल्याएर उपचार गराइरहेका पुन स्वास्थ्यमा केही सुधार आएसँगै एक हप्ता अस्पताल बसाइपछि डिस्चार्ज प्रक्रिया अघि बढाइएको उपचारमा संलग्न डाक्टरले जानकारी दिए।

वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।

उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको कलेजोको ८० प्रतिशत भाग बिग्रिसकेकोले प्रत्यारोपण गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077