Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके राउतले जब सहिदको नाममा संसद्को रोष्ट्रममै मौनधारण गरे

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा संसदको मौनधारण गराएका छन् ।

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए ।

उनले गराएको मौन धारणमा केही प्रतिनिधिसभा सदस्य उठेका थिए भने केही बसिरहे ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठेनन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने उठेका थिए ।

२०६३ माघ १ मा जारी अन्तरिम संविधानमा संघीयता सुनिश्चित नभएको भन्दै उठेको मधेस आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको हत्या भएको थियो।

त्यसपछि मधेस केन्द्रित दलहरुले बलिदान दिवस मनाउँदै आएका छन्। त्यसलाई जोड्दै राउतले शासक वर्गका हरेक विषय मधेसले मानेको भन्दै मधेसका विषय पनि मान्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077