काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने सांसद चाहिएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई समर्थन गर्दै उनले सभामुखले प्रतिपक्षको कुरा पनि सुन्नुपर्ने बताएका हुन् ।
प्रतिनिधि सभामा बोल्दै सांसद् शाहीले संविधान सुन र चाँदीको अक्षरले लेखिए पनि जनताको व्यवहारमा लागू भएन भने संविधानको औचित्य नहुने बताए।
शाहीले भने,‘अहिले पनि हामी भ्रष्टाचार छानबिनका कुरा गरिरहेका छौं । २०४७ सालदेखि अहिलेसम्म उच्च ओहोदामा बसेका सबै सार्बजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्ति यहि सदनबाट छानबिन गरियोस । ’ सदनले प्रतिपक्षीका कुरा पनि सुन्नुपर्ने माग गरे।
Leave a Reply