Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्युजिल्याण्डमाथि भारतको रोमाञ्चक जित, शुभमन गिलको दोहोरो शतक

काठमाडौं । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।

माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो ।

भारतले दिएको ३५० रनको लक्ष्य पछ्याएको पाहुना टोली माइकल ब्रेसवेलको शतकका बाबजुद अन्तिम ४ बल बाँकी हुँदै ३३७ रनमा अलआउट भयो ।

भारतका शुभमन गिलले दोहोरो शतकीय पारी खेले । गिल एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने विश्वका आठौं ब्याट्सम्यान तथा भारतका पाँचौं खेलाडी बनेका छन् ।

योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शनिवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077