Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार सभामुख तुलाराम घर्ती मगरलाई पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन् ।

उनलाई प्रदेश सभा नियमावली २०७९ बमोजिम प्रदेश प्रमुख शेरचनले शपथ ग्रहण गराए । यस्तै आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई पनि शपथ ग्रहण गराएका छन् ।

मंगलबार बसेको प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077