Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • अर्थविद् स्वर्णिम वाग्ले भन्छन् – चाउचाउ र अगरबत्ती बेचेर मात्रै निर्यातमा सुधार हुँदैन

    अर्थविद् स्वर्णिम वाग्ले भन्छन् – चाउचाउ र अगरबत्ती बेचेर मात्रै निर्यातमा सुधार हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 741
    SHARES

    काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर देशको निर्यातमा सुधार नहुने बताएका छन् ।

    बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लले यस्तो बताएका हुन् ।



    उनले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, सोयाबिन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताए ।



    निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना धेरै रहेको उनको भनाई छ । नेपाल रेमिट्यान्समा धेरै निर्भर भएको र यसलाई तत्काल हटाउन नसके पनि दीर्घकालीन योजना बनाउनुपर्ने उनको सुझाव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार