Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

९ अंकले घट्यो सेयर बजार, ४ अर्ब ९२ करोड रुपैयाँको कारोबार

काठमाडौं । सेयर बजारमा बुधबार गिरावट आएकाे छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा रोकिएको छ ।

बजार घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढोत्तरी भएको छ।

आज २४८ कम्पनीको ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको एक करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर ६९ हजार ६३७ पटकमा खरिद बिक्री भएको छ।

यस्तै सामान्य अंकले बजार घट्दा ८० कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ ।

सबैभन्दा धेरै रिडि हाइड्रोको ३५ करोड ७८ लाख र अपी पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077