Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गरिने भएको छ ।

ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् ।

नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।

पुनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएको छ । सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077