Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे उपराष्ट्रपति नन्दबहादुर

काठमाडौ. । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ अस्पताल पुगेका छन् ।

बुधबार ललितपुरस्थित सुमेरू अस्पताल पुगेर उपराष्ट्रपति पुनले वर्षमानलाई भेटेका हुन् । वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका छन् ।

उपमहासचिव पुनलाई भेटेर उपराष्ट्रपतिले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्।

उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको चिकित्सकहरूले बताएको पुनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077