Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रोयसिया जान लागेका २२ जना त्रिभुवन विमानस्थलबाट पक्राउ, ५१ हजार युरो बरामद

काठमाडौं । त्रिभुवन विमानस्थलबाट क्रोयसिया जान लागेका २२ जना नेपाली ५१ हजारभन्दा बढी युरोसहित पक्राउ परेका छन् ।

एउटै म्यानपावर कम्पनीबाट क्रोयसिया जान लागेका २१ तथा एकजना म्यानपावर सञ्चालकसहित २२ जना पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा प्रहरीका अनुसार सोमबार राति सुरक्षा चेकजाँचका क्रममा उनीहरूको साथबाट ५१ हजार ३५० युरो रकम बरामद भएको हो ।

जनशक्ति इन्टरनेशनल सर्भिस प्रालि बसुन्धुराबाट क्रोयसिया जान भनी हिँडेका २१ जनाको साथमा उक्त रकम भेटिएको थियो । वर्किङ भिषामा उनीहरू क्रोयसिया जान लागेका थिए । म्यानपावर सञ्चालक पदमबहादुर विक पनि पक्राउ परेका छन् ।

सामान्यतया डलर कारोवार गर्दा बैकिङ सिष्टमबाट गर्नुपर्ने भएपनि उनीहरूले झोलामै युरो डलर बोकेका थिए । उनीहरू फ्लाई दुबईको जहाजबाट विदेश जान लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077