Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाको सभामुखबारे निर्णय गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको सभामुखको बारेमा निर्णय गर्न पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक बुधबार बिहान ९ बजे देउवा निवास धुमबाराहीमा बस्ने भएको हो । कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय गरेको छैन ।

भोलि बस्ने बैठकले यसबारे निर्णय गर्नेछ । मंगलबार बसेको सर्वदलीय बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरुले यसबारे छलफल गर्न आफूहरु तयार रहेको बताएका थिए । माघ ५ गते बिहीबार सभामुखको निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077