Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसको सभामुखमा एमालेका मण्डल निर्वाचित

जनकपुरधाम । मधेस प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्।

मंगलबार प्रदेश सभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए।

रामचन्द्रलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका छन् ।

विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए ।

मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077