Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक, भोलि उमेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ। संसद् सचिवालयले सभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्। एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ।

उमेदवारी दर्ता संसद् भवन ल्होत्से हलमा हुनेछ । कार्यतालिकाअनुसार साझ ४ बजेर १५ मिनेटमा उमेदवारको सूची सार्वजनिक गरिनेछ । मंसिर ५ गते बिहान ११ बजे सभामुख चयनका लागि छलफल सुरु हुनेछ ।

सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ। सत्ता गठबन्धनका एकजुट हुँदा गठबन्धनका उम्मेदवारको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ।एमालेबाट सांसद देवराज घिमिरे सभामुख उम्मेदवार बन्ने प्रबल सम्भावना छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077