Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बुबासँग सुदन किरातीको संवाद : ‘म मन्त्री हुने भएँ भन्दा बुवा रूनुभयो’

    बुबासँग सुदन किरातीको संवाद : ‘म मन्त्री हुने भएँ भन्दा बुवा रूनुभयो’

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 666
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता सुदन किरातीलाई मन्त्री बनाउने निश्चित भएसँगै बुबासँगको एक संवाद सार्वजनिक गरेका छन् ।

    मंगलबार उनले सार्वजनिक गरेको भावुक संवादमा एकापसमा रुवावासी चलेको उल्लेख गरेका हुन् ।



    ‘डाँडाको जुन घामजस्तै बुवासँग संवाद’ भन्दै उनले सामाजिक सञ्जलामा बुवाको विगतको संघर्ष, आफ्नो जनयुद्धकालीन यात्रा र मातृ वियोगको कुरा उल्लेख गरेका छन् ।



     

    बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

    आजको खुसीको दिन आमा साथै नभएको प्रसंग पनि उल्लेख उनले उल्लेख गरेका छन् । विगतमा आफूलाई जेलमा भेट्दा पनि बुबा रोएको स्मरण गर्दै उनले आजको रुवाइको आँशुको मुहान र भाव भने फरक रहेको उल्लेख गरेका छन् ।

    माओवादीले किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने निर्णय गरेको छ ।

    यस्तो छ बुबासँग सुदन किरातीको भावुक संवाद :

    डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
    मैले भने ।
    म – बुवा म मन्त्री हुने भएँ छु ।
    बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
    म – हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
    बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
    म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो ।
    बुवा- राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
    म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ……… ।
    बुवा- हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
    म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए …… ।
    बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ……… !
    संम्झे !
    बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार