Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध

बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

सोमवार साँझ ५ बजेसम्म घर्तीकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले भने यसको औपचारिक घोषणा गरेको छैन । उपसभामुखमा भने ३ जनाको मनोनयन दर्ता भएको छ ।

उपसभामुखमा राप्रपा, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । मनोनयन दर्ताका लागि आज ५ बजेसम्मको समय तोकीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077