कपिलवस्तु । बेलुन फुलाउने सिलिण्डर विष्फोट हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।
माघे सक्रान्तिका अवसरमा आयोजित माघी मेलामा सिलिण्डर विष्फोट हुँदा वाणगंगा नगरपालिका-८ का ६५ वर्षीय नासिर मोहम्मद मृत्यु भएको हो ।
ग्यास सिलिण्डरबाट बेलुन फुलाउँदै गर्दा बेलुन विष्फोट भएको हुँदा घटनास्थलमै मोहम्मदको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-९ कपिलधाममा माघे सक्रान्तिका अवसरमा स्थानीय थारु कल्याणकारी सभाले माघी मेलाको आयोजना गरेको थियो । घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply