Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुल देउतालाई बलि दिन भन्दै भान्जाको टाउको छिनाले : छोराले देखे, स्थानीयले प्रहरीलाई बुझाए

दाङ । सल्यानमा आफ्नै मामाले ७ वर्षका भान्जाको कुलदेउतालाई बलि दिन भन्दै हत्या गरेका छन् ।  जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूलदिदीको छोरा रिजन घर्तीलाई घरको कुलदेउताको थानमा लगेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृतक बालक हर्सिङ घर्तीका छोरा हुन् । ‘आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ जे कुलदेउताको थानमा लगेर खुर्पाले काटे छ ।’ वडा अध्यक्ष मोतीलाल घर्ती भन्छन् ‘छोराले देखेर बाबाले रिजनलाई काट्यो भन्दै चिच्याउँदै दौडेपछि बालकको आमा जाँदा उनलाई पनि खुर्पाले लखेटेपछि गाउँले सबै मिलेर समातेर प्रहरीलाई बुझाए छन् ।’

घटनालगत्तै स्थानीयले पुरीलाई बाँधेर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक बयानमा पुरीले आफूलाई देउता लागेको र देउताको मनोकामना पूरा गर्न बली दिएको बताएका छन्। करिब दुई वर्षदेखि आफ्नो शरीरमा देउता चढेको भन्दै उनी काम्दै आएका थिए ।

आरोपीलाई २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मानसीक सुन्तलन गुमेको भनिए पनि स्वास्थ्य परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077