Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या, सुमेरु अस्पतालमा उपचार हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

पुनलाई आज दिउँसो नै ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।

पुन शुक्रबार रोल्पाको होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुन शनिबार लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण कार्यक्रममा भने सहभागी हुन सकेनन्।

जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उक्त कार्यक्रममा सहभागी नभइ अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077