Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीयता कार्यान्वयन अध्ययन समितिको समय थप

काठमाडौं । खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो ।

राष्ट्रियसभाको गत जेठ २० गते बसेको बैठकले सातवटै प्रदेशको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनका लागि सांसद देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन गरेको थियो ।

आजको बैठकमा सांसद देवकोटाले उक्त समितिको प्रतिवेदन पेश गर्दै अझै पनि विशेष समितिले काम गर्न बाँकी रहेकाले एक हप्ता कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै कार्यावधि थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077