Online Nepal
  • मंगलबार, २७ फाल्गुन २०८१
  • एकपछि अर्को नीति खुकुलो बनाउँदै राष्ट्र बैंक, एलसीमा नगद मार्जिन हट्दै

    एकपछि अर्को नीति खुकुलो बनाउँदै राष्ट्र बैंक, एलसीमा नगद मार्जिन हट्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 864
    SHARES

    काठमाडौं । अर्थतन्त्रको प्रणलीमा गरिएका हरेक कडाइलाई क्रमशस् खुकुलो बनाउँदै गएको केन्द्रीय बैंकले आयातमा पनि खुकुलो नीति लिने तयारी गरेको छ ।

    केन्द्रीय बैंकले प्रतिपत्र (एलसी) मा नगद मार्जिन चाहिने व्यवस्था हटाउने तयारी गरेको हो । उच्च आयातका कारण अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ मा गरी दुई पटक ३ सय भन्दा बढी वस्तुको वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।



    आयात नीति खुकुलो बनाउँदै गएको राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेको करिब एक वर्षपछि यसलाई हटाउने तयारी गरेको हो ।

    एलसीमा लगाइएको नगद मार्जिन हटाउनका लागि राष्ट्र बैंकलाई निजी क्षेत्रका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत दबाब छ। कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार