Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आयकर बुझाउन संस्थानलाई अर्थ मन्त्रालयको ताकेता

    आयकर बुझाउन संस्थानलाई अर्थ मन्त्रालयको ताकेता

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 693
    SHARES

    फाइल फोटो

    काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई आयकर तिर्न ताकेता गरेको छ ।

    अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमति आयकरको ४० प्रतिशत बुझाउन भनेका छन् ।



    आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकर मध्ये ४० प्रतिशत बुझाउनुपर्छ ।



    कानुनमा व्यवस्था भएपनि सार्वजनिक संस्थाहरुले आयकर बुझाउन आनाकानी गर्ने भएकाले सचिव रायाले ताकेता गरेका हुन् ।

    हालसम्म असुल भएको राजस्वले चालू खर्च समेत धान्न मुस्किल हुने देखिएपछि अर्थ मन्त्रालय राजस्व बढाउने उपायको खोजी गरिरहेको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार