Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयकर बुझाउन संस्थानलाई अर्थ मन्त्रालयको ताकेता

काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई आयकर तिर्न ताकेता गरेको छ ।

अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमति आयकरको ४० प्रतिशत बुझाउन भनेका छन् ।

आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकर मध्ये ४० प्रतिशत बुझाउनुपर्छ ।

कानुनमा व्यवस्था भएपनि सार्वजनिक संस्थाहरुले आयकर बुझाउन आनाकानी गर्ने भएकाले सचिव रायाले ताकेता गरेका हुन् ।

हालसम्म असुल भएको राजस्वले चालू खर्च समेत धान्न मुस्किल हुने देखिएपछि अर्थ मन्त्रालय राजस्व बढाउने उपायको खोजी गरिरहेको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077