Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा मन्त्रालय भागबण्डामै कुरा मिलेन, शपथ बहिस्कार गर्ने तयारी

बुटवल । लुम्बिनी प्रदेशमा बिहीबार (आज) मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भनिए पनि मन्त्रीमण्डलको भागवण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र सपथ हुनसक्ने अवस्था देखिएको छ।

मुख्यमन्त्री एमालेले पाएपछि अर्थ र शहरी विकास मन्त्रालय माओवादीले माग गरेको छ । तर, एमालेले दिन आनाकानी गरेपछि माओवादीबाट मन्त्रिमण्डलमा प्रस्तावित गरिएका नेताहरुले शपथ बहिस्कार गर्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ ।

माओवादीको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेपछि शपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ ।

प्रदेश प्रमुखको कार्यालयले बुटवलमा मुख्यमन्त्रीको नियुक्ति गरेर देउखुरीमा शपथ गराउने तयारी गरेपनि माओवादी नेताहरु दाबी गरिएको मन्त्रालय नपाए शपथमा नजाने अडानमा रहेका छन् ।

लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण समारोह राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077