Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकार गठनको आज अन्तिम ‘डेटलाइन’

बुटवल । लुम्बिनी प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै छ । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको हो ।

मंगलबार नै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गनए सकेन । एमालेका केन्द्रीय सदस्यसमेत रहेका रूपन्देही इन्चार्ज भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा सोमबार तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा एमालेलाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र) मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौंमा छन् ।

तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले आज मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ । हालको सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्।

सत्तारुढ दल एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् । स्वतन्त्रबाट जितेका एक जना पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077