काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत पाएपछि आफूलाई अवसर र चुनौती थपिएको बताएका छन् ।
विश्वासको मत पाएपछि संसद् बाहिरिएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । दाहालले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए ।
उनले भने, ‘मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ । ती प्रतिबद्धता पूरा गर्ने उर्जा दिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले विश्वासको संसद्मा उपस्थित २७० मध्ये २६८ मत पाएका थिए ।
Leave a Reply