Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हस्ताक्षर नपुगेपछि लुम्बिनीमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने समय सर्‍यो

बुटवल । सांसदहरूको हस्ताक्षर नपुगेपछि लुम्बिनीमा सत्ता गठबन्धनले आज सरकारमा दाबी नगर्ने भएको छ ।

सत्ता गठबन्धन दलहरूबीच आन्तरिक तयारी पूरा नभएपछि भोलिका लागि सारेको हो ।

प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अघि नै दाबी पेश गर्ने तयारी थियो।

मंगलबार एमालेलगायत केही दलका नेता प्रदेश प्रमुखको कार्यालय पुग्ने तयारीमा थिए। तर, माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नै काठमाडौं गएपछि आज गर्ने भनिएको दाबी पेश हुन नसकेको स्रोतले बतायो।

लुम्बिनी प्रदेशमा एमालेले पाँच वर्ष सरकार चलाउने गरी शीर्ष तहमा सहमति जुटेको थियो। तर, महराले त्यसमा असहमति जनाउँदै आधा–आधा कार्यकाल चलाउन पाउनुपर्ने अडानमा छन्। जसले गर्दा आज तय गरिएको दाबी पेश गर्ने कार्य प्रभावित भएको स्रोतको भनाइ छ।

प्रदेश प्रमुखले पुस २७ गते बुधबार अपराह्न ४ बजेसम्मको समयमा दाबी पेश गर्न समय दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077