काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा विश्वासको मतमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले विश्वासको मत नदिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक र एमसीसीलगायतका मुद्दा खारेज गर्ने कुरा आफ्नो मन्तव्यमा स्पष्ट रूपमा नराखेकाले आफूहरूले विश्वासको मत नदिने बताए ।
एमसीसी खारेज गर्ने कि नगर्ने भन्ने प्रश्न गर्दै सुवालले सरकारलाई समर्थन नगर्ने बताए। सरकारले न्यूनतम साझा कार्यक्रम ल्याए पनि धेरै जनमुखी नभएको उनको भनाइ छ।
सुवालले वर्तमान सत्ता गठबन्धनमा कम्युनिस्ट भनिएका दल भए पनि उनीहररूमा कम्युनिस्ट भावना नरहेको बताए। विगतदेखि नै सर्वदलीय सरकार बनेको भन्दै उनले सर्वदलीय सरकार खिचडी भएको टिप्पणी गरे।