Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै जसपा

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)ले आज दाबी पेस गर्ने भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले २८ पुसको दिउँसो ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए । तर, त्यसको दुई दिन अगाडि नै यादवले नेकपा एमालेलगायत दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।

मधेस प्रदेशमा कुल १०७ सांसद छन् । मधेसमा कांग्रेस प्रमुख प्रतिपक्ष भूमिकामा रहने छ । लोसपा र नेकपा एकीकृत समाजवादी पनि प्रतिपक्ष नै रहने छन् ।

मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुने तयारी भइरहेको छ । प्रदेश प्रमुखले पुस २८ गते भित्र २ वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077