Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्वासको मत दिनेबारे निर्णय गर्न धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान साढे ८ बजेदेखि नेताहरू छलफलमा जुटेका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार धुम्बाराही नै पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

जवाफमा देउवाले सकारात्मक संकेत दिँदै पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

यता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077