Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

    सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 588
    SHARES

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    आज बिहान बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।



    ‘केन्द्रीय सचिवालयको ४६ औं बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सर्तसहित यो सरकारलाई विश्वासको मत दिइन्छ। हाम्रा एजेन्डा राखिन्छ। ती एजेन्डा पूरा नभए कुनै पनि बेला फिर्ता हुने हो,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने ।



    एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार