काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।
प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिनेबारे निर्णय लिनका लागि संसदीय दलको बैठक बस्न लागेको हो ।
यद्यपि अहिलेसम्म सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे एकीकृत समाजवादी बोलेको छैन् ।
माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेको भन्दै एकीकृत समाजवादीमा विश्वासको मत दिनेबारे दुई धार देखिएको थियो। प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् ।