Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले भने - विश्वासको मत दिनुस्, देउवाको जवाफ - मंगलबार निर्णय गर्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । पुस १० गते तत्कालिन पाँचदलीय सत्तागठबन्धन भंग गरेर नेकपा (एमाले)सँग मिलेपछि पहिलोपटक प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् ।

देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड साँझ ७ बजेतिर देउवा निवास धुम्बाराही पुगेका थिए । मंगलबार ११ बजे बस्ने संसद बैठकबाट विश्वासको मत लिने तयारीमा रहेका प्रचण्ड १८ महिनासम्मको सहयात्रापछि छुटेका देउवाको समर्थन लिन धुम्बाराही पुगेको बताइएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग विश्वासको मत मागेका छन् ।

उनले स्थायी सरकार निर्माणका लागि देउवासँग विश्वासको मत मागेको बताइएको छ । जवाफमा देउवाले भोलिको संसदीय दलबाट निर्णय गर्ने बताएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

'उहाँले विश्वासको मत माग्नुभयो । मिलाएर जान्छु, मत दिनुहोस् भन्नुभयो । सभापतिले भोलि बैठक बसेर निर्णय गर्छु भन्नुभयो,' महतले भने । आज प्रचण्डसँगको छलफलमा देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला पनि सहभागि थिए ।

प्रचण्डलाई अहिले १६९ सांसदको समर्थन छ । प्रधानमन्त्री प्रचण्डले भोलि ११ बजे बस्ने संसद बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077