Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको दाबी - सिंगै हाउस विश्वासको मतको पक्षमा उभिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आफूलाई विश्वासको मत दिने दाबी गरेका छन् ।

सात दलीय गठबन्धन सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिकी कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले सिंगो सदनले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरे ।

'सिंगै हाउस विश्वासको मतको पक्षमा खडा हुन्छ। कोही पनि विपक्षमा रहँदैन। केपी ओलीज्युले पनि त्यतैतिर संकेत गर्नुभयो। भोलि हेरौं,' उनले भने । उनले विश्वासको मत जति आए पनि सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम दृढताका साथ अगाडि बढ्ने बताए ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077