Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित ३ मन्त्रीले लिए शपथ

पोखरा । नवनियुक्त गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री अधिकारीसहित ३ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।

शपथ लिने मन्त्रीहरूमा एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ रहेका छन् । उनीहरूले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

एमाले संसदीय दलका नेता अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077