Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - संसदमा रचनात्मक रुपमा प्रस्तुत हुन्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै देउवाले संसदमा रचनात्मक रुपमा प्रस्तुत हुने बताएका हुन् ।

देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए ।

देउवाले भनेका छन्, ‘ प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सघीय लोकतान्त्रिक व्यवस्थाको सवलिकरणका लागि विशेष योगदान गर्न सकोस् । हामी सबै त्यसमा संलग्न हुन सकौं ।’

उनले प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएका छन्।

मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ ।

एमालेसहितका राजनीतिक दलहरुको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठूलो दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले भालि मंगलबार संसदमा विश्वासको मत लिनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077