Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमाले नेता अधिकारी

काठमाडौं । नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ।

सत्ता साझेदार दलहरुले सातवटै प्रदेशका मुख्यमन्त्रीको बाँडफाँड टुंगो लगाएसंगै पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले मुख्यमन्त्री दाबी पेश गर्ने भएका हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार (आज) बेलुका ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन्।

पुस २१ गते प्रदेश प्रमुख गुरुङले ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आब्हन गरेका थिए।

कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित अधिकारी स्वास्थ्यमन्त्री र गृहमन्त्री भइसकेका छन्। आम निर्वाचन २०७९ मा एमालले मुख्यमन्त्रीको रुपमा अधिकारीलाई प्रदेशमा उठाएको थियो।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ। एमालेसँग २२, माओवादी संग ८ सिट केन्द्रीय गठबन्धनमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको गण्डकीमा २ सिट छ।

तीन दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ। एमालेको सममर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रदेश सभामा २७ सिटसहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077